मधेसका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार विश्वासको मत पाएका छन् ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।

उनले ६७ मत पाएका छन् । विपक्षमा ३४ मत खसेको थियोे । प्रदेशसभामा उपस्थित १०१ जना सदस्यले मतदान गरेका थिए ।

मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गरेभने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *