ओली भष्मासुर भएर निस्किए, संसद विघटनपछि मुलुक राजनीतिक अस्थिरतातर्फ गयो : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् ।

सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाए ।

पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाइ कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे । उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए ।

खनालले भने ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउँदै नेकपामा पु¥याईसकेका थियौँ । जुन नेकपामा पुर्याउँदाखेरी १० लाख पार्टी सदस्यहरू हामी थियौँ । संघीय संसदमा हामी करिब दुई तिहाइ बहुमतमा थियौँ । र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौँ । र तल अहिले रहेका ७५३ वटा पालिकाहरू मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौँ । देश बाममय बन्दै गइरहेको थियो । तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्यायौं, उनी निस्किए–भष्मासुर । यो भष्मासुरको कारणले गर्दाखेरि उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो । र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो । जसले गर्दाखेरि नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउने यो कामहरु भयो । जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ । यो विखण्डन र विभाजनकै परिणाम स्वरूप हामीले पनि त्यो गलत कुरा विरुद्ध विद्रोह गर्नुपर्यो ।’

सम्मानित नेता खनालले आफूहरूले दक्षिणपन्थी अवसरवादी विरुद्धको सङ्घर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *