स्विट्जरल्यान्डलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ । इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

यस अघि निधारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए ।

अब इङल्याण्ड सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ । यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *