एमाले संसदीय दलको बैठक सुरु, कांग्रेससँगको सहकार्यबारे छलफल जारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।

बैठकले गत सोमबार कांग्रेससँग भएको सत्ता सहकार्यबारे सांसदलाई जानकारी दिने पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनकाअनुसार बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनेछन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो । सहमतिअनुसार सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *