एमाले संसदीय दलको बैठक

एमालेले दियो कांग्रेसलाई धन्यवाद, प्रधानमन्त्रीमाथि प्रश्न (भिडिओ)

काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले गरेको निर्णयप्रति धन्यवाद दिएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कांग्रेसलाई धन्यवाद दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल राजीनामा गर्न माग गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘उहाँले किन राजीनामा नदिएर अल्झाउनुभएको छ ?,’ उनले भने, ‘अविलम्ब राजीनामाको माग गरेको छ । विभिन्न प्रकारका निर्णय सरकारले गरेको छ । यस्तो नगरोस् ।’

एमालेले प्रधानमन्त्रीले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

One thought on “एमालेले दियो कांग्रेसलाई धन्यवाद, प्रधानमन्त्रीमाथि प्रश्न (भिडिओ)

  1. पक्षमा मत दिने निर्णय गर्यो र फेरि !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *