संसदीय दलको बैठक

अल्ममतमा परेका प्रचण्डले अविलम्व राजीनामा दिनुपर्छ : एमाले (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ ।

आईतवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको हो ।

यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । काँग्रेससँगको सहमती अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो ।

‘सरकारलाई दिएको समर्थन नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरुले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्ममतमा परेको छ । यस्तो अवस्थामा सरकारले अझै पनि राजीनामा दिएको अवस्था रहेन,’प्रमुख सचेतक महेश बर्तौलाले भने,‘त्यसकारण आजको एमालेको संसदीय दलको बैठकबाट अझै पनि राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो । त्यसकारण अविलम्व नेपाल सरकारका प्रधानमन्त्रीलाई काम चलाउ प्रधानमनत्तीको रुपमा रहेको प्रधानमन्त्रीलाई अविलम्व राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रशस्त गर्नका लागि हाम्रो बैठकले त्यो अनुरोध गरेको छ ।’

प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको बर्तौलाले जानकारी दिए ।

बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तिब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।

‘हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्युलाई आजै अहिले नै अविलम्ब राजीनामा दिन हामो सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ त्यो हाम्रो माग हो । यति सम्माननीय प्रधानमन्त्रीज्युले राजीनामा दिनुभएन भने उहाँले २८ गते संसदमा विश्वासको मत माग्ने गरी पत्र पठाउनुभएको छ,’उनले भने,‘त्यो जानकारी प्राप्त भएको छ । हाम्रो पहिलो माग तत्काल राजीनामा हो । यदि यहाँले राजीनामा दिनु भएन भने २८ गते माग्नुभएको विश्वासको मतको विपक्षमा नेकपा एमालेको तर्फबाट मतदान गर्ने निर्णय गरेका छौं ।’

त्यसैगरी एमालेले काम चलाउ अवस्थामा पुगेकाले सरकारलाई कुनैपनि निर्णय नगर्न पनि सचेत गराइएको प्रमुख सचेतक बर्तौलाले बताए ।

पार्टीका सांसद आस्मा चौधरीकी पति लौटन चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै त्यसमा देखिएको आशंका निवारण हुनेगरी छानविन गर्न पनि नेपाल प्रहरीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *