आर्थिक नीतिमा दफा ५७ संशोधन गरेर सरकारले राम्रो गर्‍यो : डा.सुनिल शर्मा (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताए ।

उनले दुई वटा काममध्ये पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए । उनले तर प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन माग गरे ।

उनले पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्याम्पसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबिबिएस सुरु गर्ने भन्ने मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

उनले पूर्वका विद्यार्थीहरूको लागि सुनौलो अवसर भएपनि कार्यान्वयन नहुँदा पठ्न आउने आशाले बसेका विद्यार्थीहरूमा निराशा छाएको बताए ।


‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको छ । जसमा पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्याम्पसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबिबिएस सुरु गर्ने भन्ने मन्त्रीपरिषद्को निर्णय हो,’ उनले भने, ‘तर पूर्वका विद्यार्थीहरूको लागि सुनौलो अवसर थियो । यो कार्यक्रम आउला भन्ने आशा थियो । पूर्वाधारका हिसाबले अहिलेको विद्यमान कानुन अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार सबै छ । तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन । प्रधानमन्त्री २८ गते विश्वासको मत लिनुअघि जवाफ दिनुहोला ।’

उनले पूर्वाधारका हिसाबले अहिलेको विद्यमान कानुन अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार हुँदा पनि अहिलेसम्म सञ्चालन हुन नसकेको बताए ।

उनले अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिए । उनले दफा ५७ संशोधनले नेपालका उद्योगीहरू र नयाँ स्टार्टपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गरे ।

‘अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको छ । त्यो नेपालका उद्योगीहरू र नयाँ स्टार्टअपहरूको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको छ, उनले भने,‘कुनैपनि कम्पनीमा भएको पुँजीमा लगानी थप गर्न चाहेमा ७५ प्रतिशत कर बुझाउनु पर्ने व्यवस्था थियो । त्यसले लगानी थप्न नसक्ने अवस्था थिएन । यो ऐतिहासिक काम भएको छ ।’

उनले पूर्वप्रधानमन्त्रीले आफ्नो कार्यकालमा ठूलो वैदेशिक लगानी ल्याउन नसकेको बताए । सांसद शर्माले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत सुनाए ।

सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए । उनले दाहाल नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै आएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *