ओली–देउवालक्षित मनिषको टिप्पणी– दुई जना वृद्धले गरेको हस्ताक्षर सबैले मान्नुपर्छ भन्ने छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रुपमा वहस गर्नुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरुका बारेमा सार्वजनिक रुपमा वहश गर्नुपर्ने बताए ।

‘संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरुले सार्वजनिक गर्नुपर्‍यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिक रुपमा वहश पनि गर्नुपर्‍यो,’उनले भने,‘दुईवटा पार्टी र दुईवटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतीलाई देशले स्वीकार्नुपर्छ भन्ने छैन नि ।’

उनले दुई पार्टीका दुईजना वृद्ध नेताले व्यापारिको घरमा बसेर गरेको सहमती देशले स्वीर्कानुपर्छ भन्ने नरहेको बताए ।

उनले संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भन्दै यो विषयमा सर्वपक्षिय वहश हुनुपर्ने बताए । उनले दुई जना वृद्धले गरेको हस्ताक्षरलाई सबैले मान्नुपर्ने नरहेको बताए ।

‘सार्वजनिक रुपमा बहश हुनुपर्‍यो । किनकी त्यसको प्रभाव त तपाईको जिन्दगीमा पनि पर्छ । तपाईको आउने सन्तानको जिन्दगीमा पनि पर्छ,’उनले भने,‘कुनै एउटा प्रायोजित व्यापारीको लाजिम्पाटको घरमा मध्यरातमा दुईवटा वृद्ध गएर हस्ताक्षर गरे भनेपछि सबैले मानिदिनु पर्छ भन्ने हुँदैन । सार्वजनिक रुपमा सर्वपक्षिय बहश हुनुपर्छ त्यसको ।’

सांसद झाले जनतालाई ‘डेलिभरी’ दिन सकेमा काँग्रेस–एमाले समिकरणले निरन्तरता पाउने र नसकेमा अर्कोले पालो पाउने भन्दै यसमा आफूहरु दुःखि नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *