बिवाइडी गाडीको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बिवाइडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजना गरेको छ ।

सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण मूल्य समायोजन गरेको कम्पनीले जनाएको छ ।

सरकारले विद्युतीय गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तशुल्क वृद्धि गरेको हो ।

नयाँ मूल्य सूची अनुसार बिवाइडीको एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार रुपैयाँ पुगेको छ । एट्टो ३ सुपेरिअरको मूल्य भने ६७ लाख ८० हजार तोकिएको छ ।

यी गाडीको मूल्य क्रमशः ९१ हजार र एक लाख ९२ हजार रुपैयाँ बढेको हो ।

त्यसैगरी बिवाइडी डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँबाट एक लाख ३५ हजार रुपैयाँ बढेर ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

बिवाइडी सिलको तीन भेरियन्टको मूल्य क्रमशः एक करोड १० लाख, एक करोड ४५ लाख ५० हजार र एक करोड ९५ लाख पुगेको छ । यी तीन भेरियन्टको मूल्य क्रमशः पाँच लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ बढेको हो ।

हाल बिवाइडीले बजारमा राम्रो प्रदर्शनी गरिरहेको छ । साइमेक्स इंकले आगामी दिनमा नेपाली ग्राहकहरूलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री नयाँ मोडलका विद्युतीय गाडी सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *