श्रीलङ्का सरकारको ऋण स्टकमा कमी

श्रीलङ्काको सरकारी ऋण स्टक सन् २०२३ डिसेम्बरदेखि सन् २०२६ अप्रिलसम्म आठ खर्ब रुपैयाँ (दुई अर्ब ६० करोड अमेरिकी डलर) ले घटेको एक राज्यमन्त्रीले आइतबार बताए।

अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले सामाजिक सञ्जाल पोष्टमा विदेशी कर्जा स्टक नौ दशमलव दुई प्रतिशतले उल्लेखनीयरूपमा कमी भएको बताए।

देशको कुल आन्तरिक ऋण स्टक एक दशमलव आठ प्रतिशतले थोरै बढेको उनले उल्लेख गरे।

आन्तरिक ऋणमा भएको यो वृद्धि केन्द्रीय बैंकको आर्थिक सहयोगबिना बजेट व्यवस्थापन गर्ने प्रयासको परिणाम हो भने विनिमय दर सुदृढ भएकाले विदेशी ऋणको स्टक घट्न सहयोग पुगेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *