अभिलेख संरक्षण ऐनबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा छलफल

काठमाडौँ । संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।

राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल सुरु गरेको हो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानुनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।

उनले भने ‘यो अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा गरेका छौं । प्रतिनिधि सभाबाट संशोधनसहित राष्ट्रिय सभामा सन्देशसहित आएको छ । यसलाई छलफल गर्न सजिलो होस भनेर हामीले सुरुवात गरेका छौं । यो अभिलेख फेरी हाम्रा समितिसँग अन्तरसम्बन्धित पनि छ । ’

बैठकमा समितिका सदस्यहरूले अभिलेख संरक्षण ऐनलाई समयानुकूल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलवार (भोलि) बिहान साँढे १० बजे बस्नेगरी बोलाइएको छ । बैठकमा पुस्तकालयको अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *