मेस्सीले क्यानडाविरुद्धको सेमिफाइनल खेल्ने

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्ने निश्चत भएको छ।

मेसीको ह्याम्स्ट्रिङको चोटका कारण एक खेल गुमाएका थिए। तर उनी क्वार्टर फाइनलमा भने उपलब्ध थिए। तर उक्त खेलमा पनि उनी पूर्ण फिट नरहेको अनुमान गरिएको थियो।

प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी फिट रहेको र बुधबार बिहान क्यानडाविरुद्ध मैदान उत्रिने बताएका हुन्।

‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको खेलमा उनी खेल्नेछन् । हामी शान्त छौं,’ स्कालझनीले सोमबार भएको प्रेस कन्फ्रेन्समा भने, ‘उनले लेभल राम्रो देखिएको छ र उनी हामीलाई आवश्यक छन्।’

साविक विजेता अर्जेन्टिनाले बुधबार बिहान पहिलो सेमिफाइनलमा क्यानडाको सामना गर्दै छ।

अर्जेन्टिना र क्यानडा जारी कोपामा दोस्रो पटक आमने सामने हुँदैछन् । यसअघघि समूहको पहिलो खेलमै अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *