सि.जीको वासर ड्रायर वासिङ मेसिन : पानी पर्ने मौसममा लाभदायकपूर्ण

काठमाडौँ । सि.जीले वर्षाको मौसमलाई लक्षित गरेर छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सि.जी वासर एन्ड ड्रायर वासिङमेसिन उपलब्ध गराएको छ ।

पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सि.जी.ले उक्त वासिङ मेसिन ल्याएको हो ।

मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका कीटाणुहरूलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजी मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार बि ड्राइभ इन्भर्टर मोटरले १४०० आर.पी.एममा कपडाहरू मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरू फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाइट वाश, एक्सट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरू छन् ।

सि.जीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको र विभिन्न क्षमतामा उपलब्ध गराएको जनाएको छ । यो मेसिन नजिकैको सि.जीे स्टोरहरूबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *