त्रिवि उपकुलपतिलाई भेट्न क्युआर कोडबाट अग्रिम समय लिनुपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराललाई भेट्न अबदेखि क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेट्नुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्युआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *