अवरुद्ध भएको सात दिनपछि रारा विमानस्थलमा हवाई उडान सञ्चालन
मकालु खबर
२०८१ असार २५ गते
मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो ।
रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । ‘गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो’, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।
मकालु खबर
२०८१ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित