बालेनको जितमा मेरो र रविको ठुलो हात छ : मुकुल ढकाल
मकालु खबर
२०८१ असार २६ गते
काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा.मुकुल ढकालले काठमाडौँका मेयर बालेन शाहलाई जिताउन आफ्नो महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै उनले उनले बालेनलाई जिताउन महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने काठमाडौंको मेयरमा उठ्ने तयारी भए पनि रविले आँट नगर्दा बालेनलाई समर्थन गरेको बताएका हुन् ।
उनले भने ‘बालेनले हाम्रै कारणले जितेको भनेर दाबी त म गर्दिनँ, तर उनलाई जिताउन मेरो महत्त्वपूर्ण भुमिका थियो र रवि लामिछानेको पनि छ । अहिले मेरो फेसबुक पोष्ट हेर्दा पनि हुन्छ ।’
मकालु खबर
२०८१ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित