प्रचण्डको बोलावटमा समाजवादी मोर्चामा आबद्ध नेताहरू बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी घटक समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ ।

केहीबेरअघि प्रचण्डको बोलावटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका हुन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव समेत बालुवाटार पुगेका हुन् । अहिले नेताहरुबीच बालुवाटारमा छलफल जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् । सोही विषयमा छलफलका लागि प्रचण्डले नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।

एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएमा एमाले–कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *