सुन्धाराबाट ३८ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ गणेशटोलका ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

आज अपरान्ह साढे १२ बजेको समयमा काठमाडौंको सुन्धारामा अवैध रुपमा शंकास्पद कारोबार भइरहेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो ।

सो क्रममा उनलाई नियन्त्रणमा लिइ खानतलासी गर्ने क्रममा उनको साथबाट ५ सय दरका ६ हजार थान र १ हजार दलका ८ सय थान रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

त्यस्तै उनको साथबाट एउटा स्कुटर र मोबाइल बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *