कोशीलाई देशकै उत्कृष्ट प्रदेश बनाउँछु : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समितिका सदस्य तथा महिला सदस्यसँग लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता मानवीय विकासको सूचकाङ्कलाई उच्च पार्नु रहेको विचार राखे ।

मुख्यमन्त्री कार्कीले नीतिगत रुपमा बजेटमा लैङ्गिक विभेद नगरेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वमा बजेटउन्मुख रहेको विचार व्यक्त गरे । उनले कर्मचारी अभावका कारण लक्ष्यअनुसारको बजेट खर्च गर्न नसकिरहेको गुनासो गरे ।

उनले चालु आर्थिक वर्षमा ७८ दशमलव ३५ प्रतिशत पुँजीगत र ७५ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले महिलामैत्री, सामाजिक उत्थान, भेदभाव अन्त्यतर्फ ध्यान केन्द्रित रहेको बताए ।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, ज्येष्ठ सदस्य गयानन्द मण्डल, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटाले दलगत राजनीतिबाट माथि उठी महिला उत्थानका विषयमा प्रदेशसभामा आवाज उठाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *