प्रचण्डबाबुको ‘यो मायाले के गर्‍यो गर्‍यो’ सार्वजनिक

काठमाडौं । ‘यो मायाले के गर्‍यो गर्‍यो’ गीत सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गायक प्रचण्डबाबु राईको स्वर रहेको गीतमा शब्द/संगीत वसन्त सापकोटाको रहेको छ । त्यस्तै गीतको भिडियोमा स्मारिका ढकाल, प्रेम राई र नमराज नेपालको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै गायक यम बरालले गीत राम्रो रहेको र दर्शकहरुले धेरै रुचाउने विश्वास व्यक्त गरे । त्यस्तै संगीतकार वसन्त सापकोटाले गीत धेरै पहिला रचना गरेको भएपनि अहिले मात्रै सार्वजनिक गरिएको बताए ।

यस गीत फिमेल भर्सनमा पनि निकाल्ने तयारी रहेको र स्वर बेनिशा पौडेलेको रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *