कोपा अमेरिकाको फाइनल खेल किन धकेलियो ७५ मिनेट पर ?

काठमाडौँ । कोपा अमेरिकामा अर्जेन्टिना र कोलम्बियाबीचको फाइनल खेल ढिलो गरी सुरु भएको छ । निर्धारित समय नेपाली समयअनुसार बिहान ५ः४५ हुने भनिएको खेल ७ बजेबाट सुरु भएको हो ।

स्टेडियममा फ्यानहरूको भिड र टिकट नलिएका फ्यानहरू जबरजस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । आयोजकहरूले टिकट नभएका फ्यानहरूलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा १५ मिनेट ढिलो भएको छ ।

प्रहरीले केही समर्थकहरूलाई हिरासतमा समेत लिएको छ । अत्यधिक गर्मीका कारण कैयौँ समर्थकहरू बेहोस समेत भएको र उनीहरूलाई उपचार गरिएको दृश्य समेत सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *