काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

सोमवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष भरतबहादुर शाहलगायतले टोलीलाई बिदाइ गरेका हुन् ।

मालदिभ्सको मालेमा हुने प्रतियोगिता जुलाई १८ देखि २३ सम्म हुँदैछ । नेपालले पहिलो पटक उमेर समूह च्याम्पियनसिप खेल्न लागेको हो । प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक मालदिभ्स, किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ भने दोस्रो खेल जुलाई २० मा किर्गिस्तान, तेस्रो खेल मालदिभ्ससँग जुलाई २० मा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *