भिडिओ कुराकानी

नागरिकमा परेको निराशा चिर्न कांग्रेस-एमाले सहकार्य डा. मिनेन्द्र रिजाल (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली काँग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन् । उनले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला काँग्रेस-एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर गरेका हुन् ।

उनले एमाले र काँग्रेसले आफ्ना बिचका अविश्वासहरूलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताए । एमाले र काँग्रेसका शीर्ष नेताहरू देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको नेता रिजालले बताए । आगामी दिनमा पनि दुवै नेतालाई (नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) जोखिम रहेको उनको तर्क छ ।

उनले जोखिमका बाबजुद पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनाउन आवश्यक रहेको बताए । अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै उनले अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताए । नेता रिजालले शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरू सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको बताए । एउटाले अर्कोलाई झुक्क्याउन खोज्न र सत्ताकै लागि मात्रै झगडा गर्नेकुराबाट जनता आजित भइसकेको भन्दै उनले अब देश विकासका लागि काम गर्नुपर्ने बताए ।

सुनौं/हेरौं भिडिओ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *