वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको मुद्दामा रवि ओडले पाए सफाइ
मकालु खबर
२०८१ साउन १ गते
काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजालसले गायक ओडलाई सफाइ दिएको हो । उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ ।
गत चैत ४ गते ओडमाथि उनकै श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरी परेपछि उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ओड पाँच लाख धरौटी तिरेर थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।
मकालु खबर
२०८१ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित