बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलनमा तीन जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

बङ्गलादेशमा सरकारी जागिरका लागि भएको हिंसात्मक झडपमा परी मङ्गलबार कम्तिमा तीन जनाको मृत्यु भने चार सयभन्दा बढी घाइते भएका छन्।

बङ्गलादेशका प्रधानमन्त्री र सर्वोच्च अदालतले विद्यार्थीहरूलाई कक्षामा फर्कन गरेको आह्वानलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरूले विरोध जारी राखेका छन्।

सरकारले योग्यतामा आधारित योजना ल्याउनुपर्ने माग राख्दै विद्यार्थीहरूले हप्ता दिनदेखि दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारले छुट्याएको आरक्षणमा निश्चित समूहले मात्रै लाभ लिइरहेको भन्दै त्यसलाई हटाउन माग गरिरहेका छन् ।

यस व्यवस्थाले सन् १९७१ मा भएको पाकिस्तान मुक्ति युद्धताका महत्वपूर्ण योगदान गरेका राष्ट्र नायकहरूका सन्तानहरूसहित विशिष्ट समूहहरूका लागि निजामती सेवामा आधाभन्दा बढी सिट आरक्षित गरिएको छ ।यस प्रणालीले सरकार समर्थक समूहका बच्चाहरूलाई फाइदा पुर्‌याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *