सिद्धार्थ बैंकका ग्राहकहरूलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट
काठमाडौँ । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटल प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटल प्रा.लि. अन्तर्गत देशभर रहेका शाखाहरूमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २५ % सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ्ग तथा इन्टरनेस्नल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत डा.सन्तोष शाक्यले हस्ताक्षर गरेका थिए ।
बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउन सक्ने बैंकले जनाएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।