मुक्तिनाथ विकास बैंकले सुरु गर्यो अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।
यो सेवा सुचारु पश्चात भारतीय ग्राहकहरूले भिम (BHIM) र फोन–पे लगाएतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ विकास बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड (QR Code) स्क्यान गरी डिजिटल रूपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । यस प्रकारको सेवाहरूले भारतीय पर्यटकहरूलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारत बिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।