ह्वात्तै घट्यो कीर्तिमान बनाएको सुनको मूल्य
मकालु खबर
२०८१ साउन ४ गते
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन २ हजार रुपैयाँले घटेको हो ।
यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।
यो दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको हो ।
मकालु खबर
२०८१ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित