प्रेस विज्ञप्ति

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा मुक्तिनाथ बैंक पुरस्कृत

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान( NFRS)प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (Best Presented Annual Report Award,2023) मा विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७९/०८० को लागि मुक्तिनाथ विकास बैंक Gold Award बाट सम्मानित भएको छ ।

यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौँ पटक पुरस्कृत भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले Best Presented Annual Report Award 2023 विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरूमा १. निजी बैंकिङ्ग क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू) ३. उत्पादन क्षेत्र ४. शक्ति र ऊर्जा क्षेत्र ५. सेवा क्षेत्र रहेका छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरू मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार (न्यमि) प्राप्त गरेको बैंकले जनाएको छ ।

गत शनिवार, काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ। बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *