अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

नाकबाट रगत बगेपछि आचार्यलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको हो ।

उनको अवस्था मध्यम रहेको र थप बिग्रन नदिन अस्पताल भर्ना गरिएको बताइएको छ ।

नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको छ । आचार्यलाई अझै केही दिन अस्पतालमै राखिने छ ।

अस्पतालमा भर्ना भएका हरिवंशलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल विराट नर्सिङ होमै पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *