सन्दीप गए क्यानडा, ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी-२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । आसन्न ग्लोबल टी-२० यही २५ जुलाईदेखि सुरु हुँदैछ ।

लिगका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर र टोरन्टोबीच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ ।

सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी-२० खेलेका थिए ।

उनीसम्मिलित जग्वार्स गत सिजनमा उपविजेता भएको थियो । ऊ फाइनलमा दीपेन्द्रआबद्ध मोन्ट्रेल टाइगर्ससँग ५ विकेटले पराजित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *