पेलोसीको समर्थन ह्यारिसलाई

एजेन्सी । पूर्व यु.एस. डेमोक्र्याटिक पार्टीका प्रमुख व्यक्तित्व, हाउस स्पिकर न्यान्सी पेलोसीले सोमबार उपराष्ट्रपति कमला ह्यारिसलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनको दौडबाट बाहिरिएपछि ह्यारिसको समर्थन गरेका हुन् ।

राजनीतिमा एक महिलाको रूपमा कमला ह्यारिस चतुर रहेको बताए । नोभेम्बरमा आफू विजयी बन्ने पेलोसीले बताए । विविधता नै डेमोक्र्याटिक पार्टीको शक्ति रहेको उल्लेख गर्दै पूर्वसभामुखले पार्टीलाई एकतावद्ध हुन र रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन आग्रह गरे ।

पेलोसीको कथन बाइडेनले २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेको एक दिनपछि आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *