भारतविरुद्ध ४३ रन बनाउँदा नेपालले गुमायो तेस्रो विकेट

महिला एसिया कप २०२४ मा भारतविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेटका रुपमा कप्तान इन्दु बर्मा आउट भएकी हुन्।

यसअघि सम्झना खड्का र कविता कुंवर पनि आउट भइसकेका छन्। कप्तान इन्दुले १८ बलमा १४ रन जोडिन्।

सम्झनाले ७ बलमा ७ रन बनाउँदा कविताले ११ बल खेल्दा ६ रन बनाइन्।

ओपनर सीता राना मगर भने १४ रनसहित क्रिजमा छिन्।

१० औं ओभरको खेल चलिरहँदा नेपालले ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ।

अहिले रुबिना क्षेत्री आएकी छन्।

नेपाललाई जितका लागि भारतले १७९ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *