उपत्यकामा आजदेखि पोलियो खोप अभियान

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ । १२ साउनसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्यरूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *