सौर्य जहाज दुर्घटना : यस्तो छ दुर्घटनास्थल (तस्बिरहरू)
मकालु खबर
२०८१ साउन ९ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००) जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको पुष्टि गरे । उनकाअनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।
प्रत्यक्षदर्शीकाअनुसार जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।
पछिल्लो जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।
मकालु खबर
२०८१ साउन ९ गते
प्रतिक्रिया
One thought on “सौर्य जहाज दुर्घटना : यस्तो छ दुर्घटनास्थल (तस्बिरहरू)”
Leave a Reply Cancel reply
सम्बन्धित
अत्यन्त दुखद समाचार
यो खतरा जहाजको कैले अन्त्य हुन्छ नेपाल बाट सरकार ?