तयारी कम भएको अनुभव भयो : कप्तान जेनिसा

काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ ।

भलिबल टोली बिहीवार दिउँसो नेपाल आएको हो । मालेमा मंगलवार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो ।

खेल नेपालले २५–१५, २५–१०, २५–१४ ले जितेको थियो । सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

त्यसअघि लिग चरणमा श्रीलंकासँग ३–१ र किर्गिस्तानसँग ३–० सेटको हार व्यहोरेको नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।

यु–२० महिला भलिबल टिमीक कप्तान जेनिसा विश्वकर्माले प्रतियोगिता आफ्नो तर्फबाट राम्रो भएको बताइन् ।

नेपालले उपाधि जितोस् भनने चाहना भएपनि आफूहरुले राम्रो खेल खलेको बताइन् । विपक्षी टिम राम्रो रहेको र नेपालको तयारी कम भएको अनुभव भएको बताइन् ।

चार देशसम्मिलित प्रतियोगितामा किर्गिस्तान च्याम्पियन बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *