मन्त्रालयमै नाङ्गिएका दीपक मनाङे !

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ (दीपक मनाङे)ले पदीय मर्यादा भुलेको भन्दै चर्को आलोचना भइरहेको छ ।

गन्जीमै मन्त्रालयको कार्यकक्षमा भेटिएपछि उनको चर्को आलोचना भएको हो । गन्जीमै मन्त्रालयमा बसेको मात्रै होइन, उनले मन्त्रालयमै मदिरापान गर्ने गरेको खुलासा भएको छ ।

मनाङेले केही दिनअघि गन्जीमै कार्यकक्षमा बसेर मदिरा खाएकाको मन्त्रालयका एक कर्मचारीले बताए । मदिराले लट्ठ परेका उनले मन्त्रालयका कर्मचारीलाई गाली र अपशब्द समेत बोल्ने गरेका ती कर्मचारीले गुनासो गरे ।

प्रदेश सरकारमा मनाङे छैटौंपटक मन्त्री भइसकेका छन् । तर उनले आफ्नो पदीय मर्यादा भुलेर कानुन विपरीतका काम गर्दै आइरहेका छन् । गुण्डागर्दी पृष्ठभूमि भएका मनाङे स्वतन्त्र सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *