साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य
मकालु खबर
२०८१ साउन १३ गते
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएमा आज तोलामा १ हजार रुपैयाँ बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेद गरेको छ । तेजाबीसुनको मूल्य पनि १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी तोलाको १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
मकालु खबर
२०८१ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित