कंगोको खेलकुद स्थलमा भागदौड मच्चिँदा ९ जनाको मृत्यु, सबै खेल स्थगित

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलहरूमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधिहरू स्थगन गरिएको छ । मुख्य खेलकुद केन्द्र, स्टेड डेस मार्टर्समा एक कन्सर्टमा कम्तीमा नौ जनाको मृत्यु भएको एक दिनपछि आन्तरिक उपप्रधानमन्त्री ज्याकमेन शबानीले सबै खेलहरू स्थगित गरेको बताएका हुन् ।

भागदौडबाट ९ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताए । घाइतेको उपचार भइरहेको उनको भनाइ छ । शनिवार किन्शासाको स्टेड डे मार्टर्समा संगीतकार माइक कालाम्बाईको कन्सर्टको क्रममा भागदौड भएको थियो । जहाँ एक गर्भवती महिला र बच्चाहरूसहित कम्तीमा नौ जनाको मृत्यु भएको थियो ।

८० हजार सिटको क्षमता भएको देशको सबैभन्दा ठूलो मानिने स्टेडियममा कन्सर्ट, सांस्कृतिक कार्यक्रमहरू र राजनीतिक बैठकहरू हुने गर्दछन् । अक्टोबर २०२२ मा कङ्गोली संगीतकार फली इपुपाको कन्सर्टको क्रममा स्टेड डे मार्टर्समा पनि भागदौडमा दुई प्रहरी अधिकारीहरूसहित ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *