चीनको ग्वाङडोङमा चालकविहीन सरसफाइका सवारीसाधन सडकमा खटाइयो
मकालु खबर
२०८१ साउन १४ गते
काठमाडौँ । जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाइ सवारी साधनहरू खटाइएको छ । चालक विहीन सरसफाइका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाइ गरिरहेको भिडियोमा देख्न सकिन्छ । सरसफाइ, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाइ कर्मचारीहरूको लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ ।
चीनले सन् २०२२ देखि चालकविहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर भने सरसफाइमा खटाएको हो । आगामी दिनमा सहरलाई व्यवस्थित र सफा राख्न सहयोग पुर्याउने बताइएको छ ।
मकालु खबर
२०८१ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित