प्रभु बैँक र र्याडिसन होटल, काठमाण्डौं बीच विशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँ स्थित र्याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ ।
र्याडिसन होटल, काठमाण्डौं एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढी समय देखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गाना द्वारा हस्ताक्षर गका हुन् ।
सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरू मध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै –याडिसन होटल काठमाडौँले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरू बाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउने बैंकले जनाएको छ ।