विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’ को आवेदन खुला

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को आवेदन खुला भएको छ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी आवेदन खुला भएको जानकारी दिएको हो।

अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले कात्तिक १० गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने बताए।

भदौ ८ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा पहिलो चरणको अडिसन गरिने छ।

विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *