एनआइसीले आ.व. २०८०/०८१ को मुनाफाबाट सेयर धनीलाई ५२.५३ % नगद लाभांश वितरण गर्ने
काठमाडौँ । एनआइसी एसिया क्यापिटल लिमिटेडको साउन १६ गते सम्पन्न सञ्चालक समितिको १४३ औं बैठकको निर्णयअनुसार क्यापिटलको आठौँ वार्षिक साधारण सभा यही भाद्र ११ गते ९तदनुसार अगष्ट २७, २०२४० मङ्गलवारका गर्ने भएको छ । एनआइसी एसिया क्यापिटल लिमिटेडको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा बिहान ९ बजे गर्न लागिएको कम्पनीले जनाएको छ ।
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५२.५३ % (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरू उपर छलफल गरि पारित गर्ने कम्पनीले जानकारी दिएको छ ।
एन आई सी एसिया क्यापिटलले सातौँ वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको र आतौँ वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ % नगद लाभांश सहित २४० % नगद लाभांश वितरण गर्न सफल भएको जनाएको छ ।
साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरू माझ पर्याउन ‘अव लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मूल नाराका साथ अगाडी बढेको बताएको छ । यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरू अनलाइन मार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको जानकारी दिएको छ ।