प्रेस विज्ञप्ति

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ बजारमा, अघिल्लो जेनेरेसनका फोल्डेबलहरु भन्दा झन्डै दुई गुणा प्रि–अर्डर

काठमाडौँ । सामसङ नेपालले आफ्ना फोल्डेबल स्मार्टफोनको छैटौँ जेनेरेसन – ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६ को लागि रेकर्ड प्रि–अर्डर घोषणा गरेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६को लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको कम्पनीले जनाएको छ । प्रि–अर्डर १५ साउन २०८१ मा समाप्त भएको थियो र यी फोल्डेबलहरु अब बजारमा उपलब्ध रहेका छन् ।

नेपालमा हाम्रा नयाँ फोल्डेबलहरू – ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाको लागि हामी खुसी र आभारी छौँ । हाम्रा नयाँ छैटौँ जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआइको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्याउन, र सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ’, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।

कम्पनीका अनुसार नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोनहरू भएको बताएको छ । जुन सिधा किनाराहरूसँग पूर्ण रूपमा सममित डिजाइनका साथ आउँछन् । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ, जसले यी स्मार्टफोनहरूलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउँछ ।

ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ ग्यालेक्सको लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् जसले सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दै प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको र सुधारिएको समग्र प्रदर्शनको साथमा परिष्कृत ग्राफिक्स प्रदान गरेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड६ले एआई–संचालित – नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज, इन्टरप्रिटर, फोटो असिस्ट र इन्स्ट्यान्ट स्लो–मो – जस्ता सुविधाहरू र उपकरणहरू प्रदान गरी ठुलो स्क्रिनलाई अधिकतम बनाउन र तपाईँको उत्पादकतालाई उल्लेखनीय रूपमा वृद्धि गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकको गेमिंग सेसनलाई लामो समय सम्म साथ दिन ग्यालेक्सी जेड फोल्ड६ अब १.६ गुना ठुलो भेपर चेम्बरको साथ आउँने, रे ट्रेसिङले यसको ७.६ इन्चको स्क्रिनमा जीवन–जस्तै ग्राफिक्सलाई समर्थन गर्र्ने र थप इमर्सिभ गेमिङ प्रदान गर्न यसको डिस्प्लेले २,६०० नित सम्मको ब्राइटनेस प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ६ले अब नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरू प्रदान गर्दछ जसले गर्दा प्रयोगकर्ताले हरेक क्षणको अधिकतम फाइदा लिन सक्छन् । ३.४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथमा, प्रयोगकर्ताले आफ्नो फोन अन्फोल्ड नगरीकनै एआई–असिस्तेड फन्कसन्हरू प्रयोग गर्न सक्नेछन् । उनीहरूले टेक्स्टहरूलाई जवाफ दिन सजेस्तेड रिप्लाइजहरू पाउन सक्छन् । जसले प्रयोगकर्ताको नयाँ सन्देशहरूलाई एक अनुकूल प्रतिक्रिया सुझाव दिन विश्लेषण गर्दछ ।

फ्लेक्सक्याम अब नयाँ अटो जुमको साथ आउँछ जसले सब्जेक्तलाई दितेक्त गर्छ र कुनै पनि आवश्यक एडजस्तमेन्ट गर्नु अघि जुम इन र आउट गरेर तपाईँको शटको लागि उत्कृष्ट फ्रेमिङ रचना गर्दिन्छ । नयाँ ५० एमपी वाइड र १२ एमपी अल्ट्रा–वाइड सेन्सरहरूले तस्बिरहरूमा स्पष्ट र क्रिस्प विवरणहरूको साथ अपग्रेड गरिएको क्यामेरा अनुभव प्रदान गर्दछ । नयाँ ५० एमपी सेन्सरले नोइज–फ्री तस्बिरहरूको लागि २ह अप्टिकल जुम समर्थन गर्दछ, र १०ह जुमको साथ एडभन्सड शूटिंग अनुभवको लागि एआई जुम दिन्छ । ग्यालेक्सी जेड फ्लिप६ अब परिष्कृत ब्याट्री लाइफको साथ आउँछ र पहिलो पटक जेड फ्लिप सेग्मेन्टले भेपर चेम्बर प्राप्त गरेको छ ।’ कम्पनीले भनेको छ ।

सामसङ ग्यालेक्सीको डिफेन्स–ग्रेड, बहु–तह सुरक्षा प्लेटफर्म, सामसङ नोक्सले महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र एन्ड–टु–एन्ड हार्डवेयर, वास्तविक–समयमा खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षा गर्न निर्मित, ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ लाई सुरक्षित राख्ने कम्पनीले दाबी गरेको छ ।

मूल्य र उपलब्धता

ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को अतिरिक्त, सामसङले एआई–इनफयुजड ग्यालेक्सी इकोसिस्टम प्रदक्तहरू – ग्यालेक्सी वाच ७ र ग्यालेक्सी बड्स३ पनि प्रस्तुत गरेको छ ।

स. न.

डिभाइस

 रंग

 ने.रू मा मूल्य

 ग्यालेक्सी जेड फोल्ड६ (१२+५१२ जीबी)

सिल्भर श्याडो, न्यभी

 २४९,९९९

ग्यालेक्सी जेड फोल्ड६ (१२+२५६ जीबी)

 २३४,९९९

 ग्यालेक्सी जेड फ्लिप६ (१२+२५६ जीबी)

 सिल्भर श्याडो, ब्लु

१५४,९९९

 ४

वाच ७ (४४एमएम )

 ग्रिन, सिल्भर

४९,९९९

वाच ७ (४०एमएम)

 बेईज, ग्रिन

 ४४,९९९

बड्स३

 सिल्भर, व्हाइट

 २२,९९९

सबै प्रि–अर्डर अफरहरू अहिले उपलब्ध नभए पनि उपभोक्ताहरूले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ । यसका साथै ग्राहकले स्टक रहुन्जेल प्रत्येक महिना १७ जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस ६ महिनासम्म निःशुल्क सेवा रहेको एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन् ।

थप रूपमा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाका साथ ग्राहकहरूले नयाँ ग्यालेक्सी जेड फोल्ड६ को लागि रु ६८५४/महिना र ग्यालेक्सी जेड फ्लिप६को लागि रु ४५२१/महिनाको ० % ब्याज दर भएको ईएमआईमा २४ महिनाको अवधिमा देश भरका कुनै पनि सामसङ अधिकृत स्टोरहरूबाट मात्र ३० % डाउन पेमेन्ट गरी प्राप्त गर्न सक्ने छन । सेवालाई अझ सरल बनाउँदै उपभोक्ताहरूले सहज रूपमा आफ्नो नागरिकता कागजातको साथ स्मार्टफोनहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *