अन्जु पन्तको ‘हजुर आउनु पँधेरीमा’ गजल चोरी, कारबाही गर्न माग

काठमाडौँ । गायिका अन्जु पन्तले गाएको ‘हजुर आउनु पँधेरीमा’ गजल चोरी भएको खुलेको छ ।

गायिका पन्तले सामाजिक सञ्जालबाट गजल चोरी भएकोबारे जानकारी गराएकी छन् । उनले गजलकार शिशिर भट्टराईको रचनामा रहेको उक्त गजल चोरी भएको बताएकी हुन् ।

गायिका पन्तले विज्ञप्तिमा ‘हजुर आउनु पँधेरीमा’ भन्ने गजल आफ्नो आवाजमा सन् २०१९ मा अकष्टिक रेकर्डिङ स्टुडियो, नक्सालमा रेकर्ड भएको बताएकी छन् । उनले उक्त गजलको अडियो तथा भिडियो निर्माता मुरारि गुरागाईँको रहेको बताएकी छन् ।

उनले सङ्गीतकार मुरारि गुरागाईँले नै म्युजिक भिडियो बनाई चार वर्ष अगाडी राखेको र हालसम्म पनि उही च्यानलमा रहेको स्पष्ट पारेकी छन् ।

उनले अर्को नेपाल मिडिया ग्रुप प्रिजेन्ट्स भनी नेपाल मिडिया भन्ने युट्युब च्यानलमा गजलको सम्पूर्ण भाग हुबहु राखी अरूकै सङ्गीत र स्वरमा रेकर्ड गरी म्युजिक भिडियो समेत बनाई एक वर्ष अघि मात्र राखिएको बताएकी छन् ।

उनले गजल चोरी भएको भन्ने कमेन्टहरू आउन थालेपछि मात्र उक्त कुरा थाहा पाएको विज्ञप्तिमा बताएकी छन् ।

गायिका पन्तले सोही अनुसार नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सत्य तथ्य पत्ता लगाई सिर्जनात्मक सम्पत्तिको चोरी गर्नेहरू माथि हदैसम्मको सजाय माग गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *