प्रेस विज्ञप्ति

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर, ४५० जनाको स्वास्थ्य जाँच

काठमाडौँ । कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले Universal College of Medical Sciences, भैरहवाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

श्रावण १९ गते शनिवार कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको होे ।

बिहान ९ः३० बजे देखि सुरु भएको उक्त स्वास्थ्य शिविरमा कृष्णनगर लगायत आसपासबाट आएका करिब ४५० जना बिरामीहरूले आफ्नो स्वास्थ्य जाँच गराएको छन् । १ दिन सञ्चालन हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, Ultrasound परीक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग लगायतको रोगहरूको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

यस शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरूको जाँच गराएका बिरामीहरूले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा Universal College of Medical Sciences भैरहवाले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचार समेत गर्ने ट्रष्टका अध्यक्ष गोयलले बताए ।

यस अघि समेत निःशुल्क स्वास्थ्य शिविर, राहत वितरण, शैक्षिक सामाग्री वितरण, वृक्षारोपण लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आई रहेको स्व. बक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *