विश्वकप लिग-२ का लागि प्रारम्भिक टोली छनोट, क-कसले पाए मौका ?

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आसन्न सिरिजका लागि नेपालको प्रारम्भिक टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा देव खनाल, रिजन ढकाल, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, अर्जुन साउदजस्ता युवा खेलाडीलाई पनि बोलाइएको छ । टिममा पूर्वकप्तान सन्दीप लामिछाने पनि फर्किएका छन् । उनले लिग-२ को जारी साइकलको पहिलो सिरिज गुमाएका थिए । युवा ब्याटर अर्जुन कुमालले भने यसपटक पनि बन्द प्रशिक्षणमा मौका पाएनन् ।

नेपालले अब बन्द प्रशिक्षणबाट १४ वा १५ सदस्यीय अन्तिम टिम घोषणा गर्नेछ । उक्त टिमले आउँदो सेप्टेम्बरमा लिग-२ सिरिज खेल्न क्यानडाको यात्रा गर्नेछ, जहाँ नेपालले क्यानडा र ओमानसँग खेल्ने तालिका छ । नेपालले पहिला त्यहाँ क्यानडा र ओमानसँग टी-२० श्रृंखला खेल्ने छ । त्यसपछि यी तीन टिमले लिग-२ अन्तर्गतको सिरिजमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *