काभा महिला भलिबल

माल्दिभ्समाथि सहज जित, नेपालको सेमिफाइनलमा प्रतिद्वन्दी इरान

काठमाडौं । नेपालले माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै जारी काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनल खेल्ने भएको छ ।

नेपालले अब मंगलवार सेमिफाइनलमा इरानसँग प्रतिष्पर्धा गर्ने भएको हो । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिगमा दोस्रो भएपछि नेपालले इरानलाई प्रतिद्वन्द्वी पायो ।

लिगमा पहिलो भएको भारतले भने लिगको चौथो स्थानको श्रीलंका खेल्ने तय भएको छ । चार खेलबाट नेपालले तेस्रो सफलता प्राप्त गरेको हो । तीन जित र एक हार सामना गरेको नेपालले ९ अंक जोड्यो । समान खेलबाट भारत १० अंकसहित शिर्ष स्थानमा रह्यो । इरान तेस्रो र श्रीलंका चौथो भयो ।

इरानले सात अंक र इरानले चार अंक बटुल्यो । लिगको अन्तिम खेलमा सोमवार नेपालले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सविरुद्ध सहज जित निकाल्यो । नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–८ ले एकपक्षीय पा¥यो । तर दोस्रो सेटमा नेपालका प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिए । प्लेइङ सेट नै परिवर्तन गरेपछि माल्दिभ्सले नेपालमाथि केही चुनौती दियो । तर सफल हुन सकेन । दोस्रो सेट नेपालले २५–१९ ले आफ्नो बनायो ।

तेस्रो सेटमा पनि माल्दिभ्सले नेपाली टोलीविरुद्ध केही समय दबाब बनायो । तर यो सेट पनि नेपालले २५–१८ ले आफ्नो पक्षमा पा¥यो । यो नतिजासँगै चारै खेलमा पराजित माल्दिभ्स अंकविहीन भएर प्रतियोगिताबाट बाहिरियो । मंगलवार नै पहिलो सेमिफाइनलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदै छ भने दोस्रो सेमिफाइनलमा नेपालले इरानविरुद्ध चुनौती प्रश्तुत गर्नेछ । नेपालले लिगमा इरानसँगै हार व्यहोरेको थियो ।

आजै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई २५—१३, २५—२१, २५—२० ले हराएको थियो। तेस्रो जितसँगै भारत १० अंक सहित शिर्षस्थानमा रहन सफल भयो । ९ अंकसहित नेपाल दोस्रो भयो भने श्रीलंका चार अंक जोडेर चौथो हुँदा अंकबिहिन माल्दिभ्स पाँचौ हुँदै लिग चरणबाटै बाहिरियो । आईतवारको कमीकमजोरीलाई सुधार्दै इरानको समाना गर्ने प्रशिक्षक जगदीश भट्ट बताउँछन् ।

नेपाललसँग मंगलवार इरानलाई हराएर बदला लिने अवसर रहेको छ । यसको लागि टिम तयार रहेको कप्तान अरूणा शाहीले बताइन् ।

इरानको युवा टोली भएपनि डिफेन्स र अट्याक निकै मजबुत देखिएको छ । जसलाई तोड्ने रणनीति नेपालले बनाउनुपर्छ साथै नेपालले ब्लक र डिफेन्समा निकै सुधार गर्नुपर्ने देखिएको छ ।

भोलि पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिष्पर्धा हुनेछ । लिग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टिमलाई रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *