गुगलले ‘इसेवा’ एपलाई प्ले स्टोरबाट किन हटायो ?

काठमाडौँ । गुगलले भर्खरै प्ले स्टोरबाट ‘इसेवा एप’ हटाएको छ । जसले प्रयोगकर्ताहरूमा ठूलो चिन्ताको विषय बनेको छ । हाल, इसेवा एप प्ले स्टोरमा डाउनलोडको लागि उपलब्ध छैन ।

इसेवाले आधिकारिक फेसबुक पेजमार्फत इसेवा, इसेवा प्रा.लीमा परिणत भएसँगै उक्त विवरणमा Google Playstore र DUNS (Data Universal Numbering system) मा अपडेट गर्ने क्रममा रहेको जानकारी दिएको छ । त्यसकारण इसेवा एप अस्थायी रुपमा प्ले स्टोरमा उपलब्ध छैन । तर अहिले डाउनलोड भइसकेको इसेवा एपहरूलाई भने केही असर नपर्ने इसेवाले जनाएको छ ।

इसेवाले यसबाट पर्न जाने असुविधाका लागि प्रयोगकर्ताहरू समक्ष क्षमाप्रार्थी भएको बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *