इजरायली हत्याको बदला लिने हिजबुल्लाहको धम्की
मकालु खबर
२०८१ साउन २४ गते
काठमाडौं । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले समूहका वरिष्ठ सैन्य कमाण्डर फाउद शोकोरको हत्याको कडा र प्रभावकारी बदला लिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कमाण्डरको हत्याको बदला अपरिहार्य रहेको बताए । इरान र यमनका अन्य प्रतिरोधी शक्तिहरूसँगको सहकार्यमा वा अलग रूपमा बदला लिने बताए ।
नसरल्लाहले उत्तरी इजरायलका कारखानाहरूमा आक्रमण गर्ने धम्की पनि दिएका छन् ।
लेबनान र इजरायलमा बेरुतको दक्षिणी उपनगरमा रहेको दाहिहमा पछिल्लो आक्रमणपछि शोकोर र सात नागरिकको मृत्यु भएपछि सावधानी अपनाएको छ ।
नसरल्लाहले बारम्बार इजरायली आक्रमणको निश्चित र पीडादायी जवाफ दिने धम्की दिएका छन् ।
मकालु खबर
२०८१ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित